मुख्य समाचार राजनीति

पर्यटन मन्त्री भन्छन्, ‘अब सातै प्रदेशमा एउटा केबलकार’

पर्यटन मन्त्री भन्छन्, ‘अब सातै प्रदेशमा एउटा केबलकार’

चितवन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले देशका सात वटै प्रदेशमा कम्तीमा एउटा केबलकार चलाइने बताएका छन् । 

 

 

 

मनकामना केवलकारको थप ३ गन्डोला सञ्चालनको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । 

 

 

 

साथै, उनले नेपालको कुल अम्दानीको २५ प्रतिशत पर्यटनबाट हासिल गर्ने सरकारको लक्ष्य रहेको बताए ।  मन्त्री अधिकारीले मनकामना मन्दिरको पुनःनिर्माणको मोडेलबाट अन्य धार्मिक तथा तीर्थस्थलको निर्माण गर्नुपर्ने बताए ।

 

 


‘भूकम्पपछि क्षति पुगेको मन्दिरलाई जनसहभागिता मार्फत निर्माण सम्पन्न भएको भन्दै सबैले मन्दिरको पुनर्निर्माणबाट पाठ सिक्नुपर्छ’ मन्त्री अधिकारीले भने । 

 


कार्यक्रममा मनकामना केवलकार प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठले मनकामना केवलकार प्रालिले देशका अन्य पर्यटकीय क्षेत्रमा पनि केवलकारको विस्तार गर्ने योजना छिटै घोषणा गरिने बताए । उनले पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न सरकारले विभिन्न छुट, सुविधाहरुलाई ल्याउनुपर्ने बताए । 

 

 

 

उनले चितवन र गोरखामा रहेका वक्रेश्वर महादेव, लखन गुफाजस्ता ऐतिहासिक र धार्मिक स्थलमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सोच बनाइरहेको जानकारी दिए । आजैदेखि सुरु भएको गोन्डलामा चढेर पर्यटनमन्त्री अधिकारीले मनकामना मन्दिरको दर्शन गरेका थिए । 

 

 

मनकामनामा ३ गन्डोला थप 
दर्शन गर्न आएका दर्शनार्थीहरुलाई सेवा थप छिटोछरितो बनाउन मनकामना केवलकारमा सोमबारदेखि ३ वटा गन्डोला थप गरिएको छ । यसअघि ३१ वटा गन्डोला सञ्चालन हुँदै आइरहेको केवलकारमा ३ वटा थप गरिएको हो । 

 

 

अब दैनिक १ हजार जानलाई गन्डोलाले सेवा प्रदान गर्ने छ । यस केवुलकारको क्षमता ६ सय यात्रु प्रतिघण्टा थियो र यसको एक तर्फी कुल लम्वाई ३.०१ किमि रहेको छ । 

 


३ वटा गन्डोला थप भएसँगै वार्षिक १५ लाख यात्रुलाई सेवा दिनेछ । वि.सं२०५५ सालदेखि सञ्चालनमा आएको केवलकारले असोज मसान्तसम्म १ करोड ३८ लाख १२ हजार ४८६ यात्रुहरुलाई सेवा दिएको मनकामना केवलकारले जनाएको छ ।
 

केबलकार नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी

विशेष