भिडियो अन्तरवार्ता

स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)

स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)

काठमाडौं । मुक्तिनाथ चालिसे नेपाल राष्ट्र बैंकका सेवानिवृत्त उपनिर्देशक हुनुहुन्छ । उहाँ दुई वर्ष ओशो तपोवन बस्नु भयो । तपोवन बसेपछि उहाँ अाफैले ओशोको विचार र तपोवनको तौरतरिकाबीच भिन्नता छुट्टयाउन सक्ने हुनुभयो । स्वामी आनन्द अरुण संरक्षक रहेको  ओशो तपोवनको मुख्य उद्देश्य ध्यानमा मानिसहरुलाई प्रेरित गर्न भन्दा पनि इमोस्नल बनाएर पैशा संकलन गर्ने शैली आफैले देख्नु भयो, भोग्नु भयो ।  


पोखराका बासिन्दा चालिसेले नेपालआजसँगको कुराकानीमा धेरै महत्वपूर्ण विषयहरु उजागर गर्नु भएको छ । उहाँले बताउनु भएका मुख्य मुख्य अंशहरु निम्नानुसार छन्ः 

 


– हाम्रो धर्ममा कर्मकाण्ड बढी छ । इमोस्नल ब्लाकमेलिङको विधि हाम्रो धर्ममा छ । ओशोले यसलाई मान्नु भएन । आज यस्तो गरे, उस्तो गरे अर्को जन्म सुध्रिन्छ भन्ने । यति दान गरे पुण्य मिल्ने नगरे पाप हुने जस्ता मान्छेलाई इमोस्नल बनाएर ब्लाकमेलिङ गर्ने थितिलाई ओशोले चिर्नु भयो  र धर्म पनि विज्ञान सम्मत हुनु पर्छ भन्नुभयो । 
 

 

–ओशोविरुद्ध भारतमा ४१० वटा मुद्दा दर्ता भएका थिए । भारतको संसदमा पनि कुरा उठेको थियो । तर उहाँले कोट कचहरीमा जानु भएन । किनभने उहाँले त्यस्ता उल्झनमा अल्झिन चाहनु भएन । उहाँमा पारदर्शीताको बल थियो । कुनै छलछाम थिएन उहाँमा । 
 

 

–    तपोवनका अगाडि ओशो जोडिएको छ । आनन्द अरुणले यो तपोवन स्थापना गर्नु भएको हो । उहाँले राम्रो काम गर्नु भएको छ । उहाँको कामको आलोचना गरिएको छैन । ओशोबाट उहाँले सिक्नु भएको हो । तपोवन आश्रम नै होइन भन्ने अवस्था चाहिँ अहिले उत्पन्न भएको छ । आश्रम हुनका लागि तीन आधारभूत कुराहरु चाहिन्छ । ती हुनः १. विभेदरहित २.नाफा नोक्सानको उद्देश्य राखिनु हुँदैन ३. प्रेम र ध्यान हुनु पर्छ । 
 

 

–    यी तीन कुराहरु ओशो तपोवनमा छन कि छैनन् त ? मेरो दृष्टिले छैनन् । यसको प्रमाण नै दिन्छु । आश्रम विभेदरहित हुनुपर्छ । त्यहाँ प्रवेश गरेपछि कुनै पनि व्यक्तिको पद, हैसियत बाहिरै छाडेर जानु पर्छ । तर ओशो तपोवनमा उच्च पदस्थ व्यक्तिहरुलाई निमन्त्रणा गरेर आरती उतारिन्छ । यसकारण ओशो तपोवन विभेदरहित छैन । तपोवनभित्र रहनेहरु सबै एकआपसमा समान हुनुपर्ने हो तर त्यहाँका ट्रष्टीहरुको जुठो प्लेट अरुले माझिदिनु पर्छ । यसकारण ओशो तपोवन आश्रम होइन । आश्रमको मान्यता दिन सकिदैन । 
 

 

–    ओशो तपोवन ‘मनी ओरिएन्टेड’ छ । म त्यहाँ बसेँ २ वर्ष जति । एक दिन मलाई अरुण स्वामीले बोलाउनु भयो । उहाँले बोलाएपछि मेरो मन गह्रुंगो भयो । मैले सोचे कि म ध्यान गर्न आएको मान्छे, त्यो हुन सकेको छैन । पक्कै मलाई स्वामीले किन ध्यान नगरेको भन्नु हुन्छ होला । तर कुरा अर्कै रहेछ । उहाँहरुले बैठकमा बोलाएर भन्नु भयो कि आगन्तुकहरु कम भए । खर्च बढीरहेको छ । अब  खर्च कसरी धान्ने ? यो विषयमा छलफल भयो । ध्यानका बारेमा छलफल भएन । 
 

 

–    ओशो विचारका अगुवाहरुले महिलाबाट खुट्टा मसाज गराउनु राम्रो होइन । यस्तो अनुशासन पालना गर्नु पर्छ । अगुवाहरुले बढी अनुशासित हुनुपर्छ । शरिर मसाज गराउनु नै छ भने मसाज सेन्टरमा जानु पर्छ । मसाज सेन्टरहरु जति पनि खुलेका छन् । 
 

 

–     स्वामी आनन्द अरुणको मूर्ति पोखरामा राखिएको छ । पोखरा उपवनमा योगानन्द भन्नेले अरुण स्वामीको मूर्ति राख्नु भएको छ । योगानन्दले स्वामी आनन्द अरुणको आज्ञाअनुसार नै सबै गरेको बताउने गर्नु भएको छ । आनन्द अरुणको मूर्ति पोखरामा छ । ओशो मूर्ति भने स्वामी आनन्द अरुणले तपोवनमा बनाउनु भएको छ । यस्तो काम ओशोको दर्शनविपरीत हो । 

 

–तपोवनमा ध्यान गर्न गएकाहरुलाई भनिन्छ कि – मान्छेको जन्म, पुनर्जन्म भइरहन्छ । पहिलो जन्मका सन्यासीहरु अहिलेका नेता, राजाहरु हुन् भनिन्छ । पूर्वजन्मका राजा महाराजा, सुपरस्टारहरु अहिलेका सन्यासी हुन् भन्ने गरिन्छ । ध्यान गर्न जानेहरुलाई पनि हो नै जस्ता लाग्न थाल्छ । ध्यान गर्दै जाँदा भित्रबाट बैराग उत्पन्न हुन्छ । मन शान्त भएको हुन्छ । संसारमा मरि लानु के छ र ? भन्ने भावना पैदा भइरहेको बेला तपोवन जोगाउनु पर्छ भन्ने सन्देश प्रवाह गरिन्छ । त्यही बेला पैशा मागिन्छ । हुनेले सकेसम्म पैशा दिन्छन् पनि । 
 

 

एक पटकको कार्यक्रममा म पनि थिएँ । पैशा उठाउन आयोजना गरिएको कार्यक्रममा विभिन्न मान्छेले  पैशा बोल्न थाले । तपोवनकै एक व्यक्तिले शुरुमै ३०–४० हजार दिन्छु भनेर बोले । म सुनिरहेको छु । त्यसपछि अरुले पनि दिन्छु भने । मैले पनि दिएँ । पछि पैशा दिनेहरुको लिस्ट हेर्दा शुरुमा दान कबोल गर्नेको नाम नै छैन । अर्थात तपोवनकै नीतिअनुसार अरुलाई उचाल्न उनले त्यत्तिकै बोलिदिएका रहेछन् । उनले पछि भने कि –मैले यति बोलेपछि अरुले दिन्छन् नी । मसँग त कहाँ यति धेरै पैशा हुनु ?


ओशो तपोवन र यौन दुर्वयवहारको कुरा बाहिर आएको छ । यो हल्ला मात्रै हो तर यसरी हल्ला चल्नु पनि दूर्भाग्य हो ।

 

र याे पनि, 

► महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा 

► ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो

► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’

► भ्रम सिर्जना गरियोः ओशो तपोवन

► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 

► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ

► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)

► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)

► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

मुक्तिनाथ चालिसे ओशो

विशेष