प्रधानमन्त्रीले भने, ‘पाँच वर्षपछि नेकपा झन् बलियो भएर आउँछ’
काठमाडौं । प्रधानमन्त्री केपी अाेलीले पाँच वर्षपछि झन बलियो भएर आउने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिएर बिहीबार अपराह्न स्वदेश फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘यो सरकार पाँच वर्षसम्म चल्छ । चुनाव गराउँछ र यो भन्दा बलियो भएर आउँछ ।’
यस्तै, प्रधानमन्त्री ओलीले नेकपाकै नेताले सरकारको आलोचना गरेकोप्रति इंगित गर्दै अस्थायी कुरा र हल्लाका पछाडि नकुद्न आग्रहसमेत गरे।
‘हावा चल्यो, हावामा पात बह्यो भने त्यस्तो राजनीतिको पछाडि कुद्ने होइन’ ओली भने, मान्छेलाई कहिलेकाहीं चित्त बुझेको हुँदैन। कवितात्मक ढंगले, लयात्मक ढंगले केही कुरा भनिहाल्यो भने त्यसैलाई समातेर एकदम कुद्नुपर्ने केही पनि छैन।’
उनले कुनै दृष्टिकोण, नीति, देशलाई दिशा दिने र जनताका यथार्थ समस्या सम्झिने राजनीति नगर्न आग्रह पनि गरे।
प्रधानमन्त्री ओली अमेरिका रहँदा सत्तारुढ नेकपाकै वरिष्ठ नेता माधव नेपालले संसद् बैठकमा सरकारको कामकारबाहीका सम्बन्धमा आलोचना गरेका थिए। ओली नेतृत्वको टोली गत असोज ६ गते न्यूयोर्क प्रस्थान गरेको थियो।
प्रधानमन्त्री केपी