मुख्य समाचार राजनीति

पाँच वर्षपछि कांग्रेस फेरि पहिलो पार्टी बन्छः महामन्त्री कोइराला

पाँच वर्षपछि कांग्रेस फेरि पहिलो पार्टी बन्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पाँच वर्ष फेरि नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

 

 

प्रजातन्त्रवादी प्राध्यापक संघ रत्नराज्य लक्ष्मी क्याम्पसले आयोजना गरेको ‘लोकदृष्टि जर्नल विमोचन, चाडपर्वको शुभकामना तथा सम्मान कार्यक्रम’ कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

 

 

महामन्त्री डा. कोइरालाले भने, ‘आउँदो निर्वाचनमा कांगेसलाई जनताको मन जितेर पहिलो पार्टी बनाउँछौं । त्यसका लागि हामीले एक भएर अगाडि बढ्नुपर्छ ।’ 

 

 

यस्तै, कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संशोधन हुन लागेको पार्टीको विधानमा सभापतिलाई बलियो बनाए पार्टीभित्र निरंकुशता हावी हुने उल्लेख गरे । उनले भने,‘सभापतिलाई बलियो बनाउने कुरा स्वीकार्य हुन सक्दैन ।’ 

 

 

 

नेता कोइरालाले दुई तिहाइको सरकार संविधानको भावना र मर्मलाई बुझेर अगाडि नबढेको आरोपसमेत लगाए । 

नेपाली काँग्रेस डा. शशांक कोइराला

विशेष