मुख्य समाचार राजनीति

चिनीको मूल्यवृद्धि सम्बन्धी अध्ययन गर्न उपसमिति गठन, संयोजकमा सांसद भट्ट

चिनीको मूल्यवृद्धि सम्बन्धी अध्ययन गर्न उपसमिति गठन, संयोजकमा सांसद भट्ट

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । 

 

 

समितिको बिहीबार काठमाडौंमा बसेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा गठित सो समितिमा सांसद प्रदीप यादव, पार्वता डिसी चौधरी, प्रेम आले र चन्दा चौधरी रहेका छन् ।

 

 

उपसमितिलाई सो विषयमा अध्ययन गरी समितिसमक्ष प्रतिवेदन बुझाउन एक हप्ताको समय सीमा दिइएको छ । बैठकले चिनीको मूल्य ६३ रुपैयाँ नै निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । 

 

 

समितिको बैठमा सांसदले चाडपर्वको मुखमा चिनीलगायत दाल, तेल, तरकारी एवं पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै बजारमाथि सरकारले हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

 

 

उनीहरुले सरकारले चिनीको बजार मूल्य ६३ भन्दा माथि नजाने भन्दा भन्दै अहिले के कारणले ८० माथि पुग्यो ? भन्ने प्रश्न गरेका थिए । 

 

 

साथै खाने तेलको एक लिटरमा २५, दाल एवं गेडागुडीमा प्रतिकिलो १५ भन्दा माथि मूल्यवृद्धि हुँदा सरकारले प्रभावकारी बजार अनुगमन गर्न नसकेकामा उनीहरुले चिन्ता व्यक्त गरे । 

 

 

सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले चिनीको अस्वाभाविक रुपमा मूल्यवृद्धि भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । 

सार्वजनिक लेखा समिति लेखराज भट्ट

विशेष