मुख्य समाचार राजनीति

इतिहास कोर्ने गरी कांग्रेसलाई बलियो बनाउन एक ढिक्का हुनुपर्छः महामन्त्री कोइराला

इतिहास कोर्ने गरी कांग्रेसलाई बलियो बनाउन एक ढिक्का हुनुपर्छः महामन्त्री कोइराला

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन कांग्रेस एक ढिक्का हुनुपर्ने बताएका छन् । 

 

 

नेपाल निजामति कर्मचारी युनियन (संघ) प्रदेश नं १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती भए पार्टी चुप लागेर नबस्नेसमेत बताए । 

 

 


उनले विपी कोइराला आर्थिक अनुशासनमा बस्ने र कार्यकर्तालाई धेरै माया गर्ने स्वभावको भएकोले विगतमा कांग्रेसले ऐतिहासिक सफलता प्राप्त गरेको बताउँदै अहिलेको नेतृत्वमा पनि त्यस किसिमको स्वभाव आउनुपर्नेमा जोड दिए । 

 

 

प्रदेश नं १ काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा राष्ट्रसेवक कर्मचारीको भूमिका उत्कृष्ट रहेको बताए । 

डा. शशांक कोइराला नेपाली काँग्रेस

विशेष