मुख्य समाचार राजनीति

आइजिपी खनाललाई हटाउन माग, गृहमन्त्री बादल मौन

आइजिपी खनाललाई हटाउन माग, गृहमन्त्री बादल मौन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्रनाथ खनाललाई हटाउन सत्तारूढ दलमा अभ्यास सुरु भएको छ । नेकपाका सांसद नवीना लामा र रञ्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर महानिरीक्षक खनाललाई उक्त पदबाट हटाउन आग्रह गरेका हुन् । 


नागरिक दैनिकमा आज प्रकाशित समाचारअनुसार सांसदद्वय लामा र तामाङले खनालले प्रहरी संगठनलाई नेतृत्व दिन नसकेको र शान्तिसुरक्षा कायम राख्न नसकेका कारण महानिरीक्षक पदबाट हटाउन ज्ञापनपत्र बुझाएका हुन् ।
महानिरीक्षक हटाउने सांसदद्वयको माग र उनीहरूको कार्यशैलीलाई पार्टीभित्रै आलोचना हुने गरेको समाचारमा उल्लेख छ ।     
 

आइजिपी खनाल

विशेष