मुख्य समाचार राजनीति

दुई सातापछि नेकपाका अध्यक्ष वालुवाटारमा, पार्टीमा देखिएको असन्तुष्टि समाधानबारे छलफल

दुई सातापछि नेकपाका अध्यक्ष वालुवाटारमा, पार्टीमा देखिएको असन्तुष्टि समाधानबारे छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएका विवाद समाधानका लागि पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ।

 

 

 

 विशेषगरि यसअघि गरिएको प्रदेश नेतृत्वको छनौट सम्बन्धी निर्णय, स्थानीय तहमा पार्टी एकीकरण र गुट तथा उपगुटबाट आएका आलोचनाबारे समिक्षा गर्न अध्यक्षद्धयबीच करीब दुई सातापछि  वालुवाटारमा छलफल भएको हो । 

 

 

 

व्यस्तताले गर्दा लामो समयदेखि पार्टी एकता र त्यसमा देखिएका समस्याबारे बहस हुन सकेको थिएन। दुई अध्यक्षबीच सचिवालय बैठक र पार्टीको स्थायी कमिटिको बैठकको बारे पनि छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए । 

 

 


प्रदेश नेतृत्वको छनौट स्थायी कमिटिले गर्नु पर्ने भएपनि केन्द्रीय सचिवालय अर्थात दुई अध्यक्षको निर्णयमा भएको भन्दै कमिटिका सदस्यहरु असन्तुष्ट बनेका छन् ।

 

 

खासगरी उक्त निर्णयमा सहभागि नभएका पार्टीका तेस्रो वरियताका माधव कुमार नेपालले त्यसको असुन्तष्ट संसद र आयोजित चियापानमार्फत व्यक्त गरेका छन् ।

 

 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले साँझदेखिनै पार्टीका नेताहरुसँग पछिल्लो विकसित राजनीतिबारे चाँसो राखेको बुझिएको छ।

 

 

उनले स्वदेश फर्कनासाथ दुई चार दिनमै तल्लो तहको पार्टी एकताको सन्देश सबैले पाउने घोषणा समेत गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी नेकपा केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष