प्रधानमन्त्रीले भने, ‘अब विद्यार्थीलाई खेतमै लगेर शिक्षा दिनपर्छ’
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अब विद्यार्थीलाई प्रयोगात्मक र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने औंल्याएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पूरा नगर्ने भएकोले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने औंल्याए ।
कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने भन्दै प्रधानमन्त्रीको भनाइ थियो। उनले भने, ‘अब कक्षा कोठाको पाढाइले मात्र पुग्दैन । विद्यार्थीलाई घर गाउँमा, खेतमै लगेर शिक्षा दिनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरु अब विशिष्टकृत हुने पर्ने पनि बताए । विश्वविद्यालयहरुमा आपसी समन्वय नहुँदा कतिपय ठाउँमा आवश्यकता भन्दा बढी कलेजहरुले सम्बन्धन पाएको उनले बताए ।
प्रधानमन्त्री ओलीले शिक्षालाई आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनु पर्ने बताएका छन् । यस वर्षदेखि सुरु गरिएको निरक्षरता विरुद्धको अभियानले आगामी वर्ष सबै बालबालिकालाई विद्यालयमा ल्याइने प्रधानमन्त्रीले दाबी गरे ।
प्रधानमन्त्री केपी ओली विद्यार्थी