मुख्य समाचार राजनीति

तल्लातहका एकीकरणमा कुनै समस्या छैनः अध्यक्ष प्रचण्ड

तल्लातहका एकीकरणमा कुनै समस्या छैनः अध्यक्ष प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणमा कुनै समस्या नभएको भन्दै आइतबार बोलाइएको सचिवालय बैठकले धेरै विषय टुङ्ग्याउने बताएका छन् । 

 

 

प्रेस संगठन नेपाल गोरखाले शनिबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टी एकतालाई प्रदेश, जिल्ला र गाउँतहसम्म सम्पन्न गर्न आइतबार पार्टी सचिवालयको बैठक बोलाइएको जानकारी दिए । 

 

 

उनले भने, ‘पार्टी एकतालाई सम्पन्न गर्ने र टुङ्ग्याउने सवालमा हामी कुनै त्यस्तो ठूलो समस्या छैन, आइतबारको बैठकबाट त्यो प्रक्रिया अगाडि बढ्छ, अब छिट्टै कार्यक्रम बनाएर देशभरि अभियानका रुपमा लैजाने समझदारी भइसकेको छ ।’ 

 

 

सरकारले आफ्ना क्रियाकलापलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले भने, ‘पछिल्लो समय बढ्दै गएको महिला हिंसाका घटना, महङ्गी र भष्टाचार नियन्त्रणका लागि अझै प्रभावकारी ढंगले काम गर्न प्रतिबद्ध छौं ।’ उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को संकल्प पूरा गर्न अब काम गरेर देखाउनुपर्ने बेला आएको बताए । 
 

पुष्पकमल दाहाल नेपाल कम्युनिष्ट पार्टी

विशेष