मुख्य समाचार राजनीति

प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै टुंगोमा पुग्छः अध्यक्ष प्रचण्ड

प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै टुंगोमा पुग्छः अध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताएका छन् । 

 

 

 

वडादशैंको अवसरमा नेकपा प्यूठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ कार्यक्रममा उनले भने, ‘पार्टी एकतालाई सुदृढ गरिन्छ, शुक्रबार मात्रै प्रधानमन्त्रीसँग छलफल भएको छ, आइतबार पार्टी सचिवालयको बैठक बसेर प्रदेश जिल्लाको पार्टी एकता र जन संगठनको एकतालाई छिट्टै टुङ्याउने गरी जाँदैछौ, यसमा कुनै समस्या छैन ।’ 

 

 

 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सरकारको काम कारवाहीबारे पार्टी र विभिन्न पक्षसँग अन्तरक्रिया गरेर अझ त्यसलाई गति दिने कुरामा आफूहरू प्रतिवद्ध रहेको उल्लेख गरे । 

 

 

 

‘सरकारको कामलाई प्रभावकारी बनाउन हामी समीक्षा गर्दैछौं मानिसले विभिन्न प्रश्न उठाएका छन्, तर हामी सबै एकै ठाउँमा छौं, समृद्धि, सामाजिक, न्याय र सुशासनको विषयमा सैद्धान्तिक र राजनीतिक रूपमा कुनै द्वीविधामा छैन तर, त्यसलाई कार्यान्वयनको प्रभावकारिता ठीक ढंगले जनताले महसुस गर्ने गरी कार्यान्वयनको चुनौतीलाइसँगै अगाडि बढाउँछौ’, उनले भने । 

 

 

 

जनताले विश्वासका साथ पार्टीलाई मत दिएर शक्तिशाली बनाएको भन्दै उनले जनताको विकास निर्माण, सुशासन र समृद्धिको अपेक्षालाई पूरा गर्न नेतृत्व र सबै सचेत नागरिक एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । 

 

 

 

नेकपा सचिवालय सदस्य वामदेव गौतमले प्यूठान जिल्लाको प्रतिनिधित्वको हिसाबले आफूले अघि सारेको विकास निर्माणको प्रतिवद्धताअनुरुप बाँकी काम पूरा गर्न सक्रिय ढंगले लाग्ने बताए । 
 

नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष