मुख्य समाचार राजनीति

देउवाले भने, ‘बलात्कारी पत्ता लगाउन नसक्ने नालायक सरकार’

देउवाले भने, ‘बलात्कारी पत्ता लगाउन नसक्ने नालायक सरकार’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार नालायक भएको बताएका छन् । 
 

 

आज शनिबार नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा देउवाले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसक्ने सरकार नालायक भएको बताएका हुन् । उनले हत्यारालाई पक्राउ गर्नु भन्दा पनि प्रमाण मेटाउने काम भएको भन्दै भने, ‘बलात्कारीलाई पक्राउ गर्न सक्दैन, प्रमाण मेटाउनेलाई कारबाही गर्न सक्दैन भने यो सरकार कति नालायक छ भन्ने प्रष्ट भएको छ ।’
 

 

यसवाहेक सभापति देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावारी राखेकोमा पनि आपत्ति जनाए । जंगल मास्ने संयन्त्रण भइरहेको भन्दै त्यो भन्दा दिपायल नै ठिक भएको उनले तर्क राखे । वातावरणीय हिसाबमा पनि यो नमिल्ने हुँदा राजधानीको लागि धनगढी नै उपयुक्त रहेको भनेर प्रदेशसभाको निर्णयको विरोध गर्न पार्टीका कार्यकर्तालाई देउवाले निर्देशनसमेत दिएका छन् । 

शेरबहादुर देउवा

विशेष