मुख्य समाचार समाज

निर्मला पन्त हत्या प्रकरण : थप दुई प्रहरी निलम्बित

निर्मला पन्त हत्या प्रकरण : थप दुई प्रहरी निलम्बित

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । निलम्बन पर्नेमा प्रहरी नायब निरीक्षक असई हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन् । उनीहरुका गतिविधि शंकास्पद देखिएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले बताए ।  

 

चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् । यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामी निलम्बनमा परिसकेका छन् । 

 

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाको अपराधी पत्ता लगाउन सरकारले अझै सकेको छैन । उच्चस्तरीय छानबिन समितिले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा प्रहरीको चरम लापरबाही देखिएको औंल्याएको छ । 

 

समितिले शुरुको अनुसन्धानमा संलग्न प्रहरीको कमजोरी देखिएको भन्दै उनीहरुमाथि थप छानवीन हुनुपर्ने बताएको छ । साथै, प्रतिवेदनमा निलम्बित एसपी बिष्टका छोरा र वम दिदिबहिनीहरुमाथि समेत थप छानबिन हुनुपर्ने सुझाव दिएको छ ।   
 

निर्मला पन्त हत्या प्रकरण

विशेष