मुख्य समाचार राजनीति

दिनहुँ कर्मचारी पक्राउ पर्दा मेरो शिर झुकेको छः मन्त्री अर्याल

दिनहुँ कर्मचारी पक्राउ पर्दा मेरो शिर झुकेको छः मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताइकी छन् ।

 

 

ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि राम्रो बनाउनुपर्ने बताइन् । 

 

 

 

उनले मन्त्रालयअन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समयसापेक्ष अत्याधुनिक सेवा पारदर्शीरुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिइन् । 

 

 

 

सरकारी कार्यालयबाट प्राप्त हुने सेवा सहजै पाउने जनताको अधिकार भएको बताउँदै मन्त्री अर्यालले लोकतन्त्रमा जनताले दुःख पाए भने परिवर्तन संस्थागत हुन नसक्ने बताइन् । 

कर्मचारी गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल

विशेष