सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार, राज्यमन्त्रीमा रावल नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।
कञ्चनपुर क्षेत्र नम्बर ३ को १ बाट विजयी सांसद रावल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् । राज्यमन्त्री रावलले मंगलबार नै मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।
रावलसँगै अब सुदूरपश्चिम प्रदेश सरकार आठ सदस्यीय भएको छ । उनी राज्यमन्त्री भएको मन्त्रालयमा बैतडीकी मायादेवी भट्ट मन्त्री छिन् ।
सुदूरपश्चिम प्रदेश प्रकाश रावल