मुख्य समाचार राजनीति

मन्त्री पण्डितको दाबी– बर्खा सकियो अब विकासका काम द्रुत गतिमा अघि बढ्छन् 

मन्त्री पण्डितको दाबी– बर्खा सकियो अब विकासका काम द्रुत गतिमा अघि बढ्छन् 


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अब विकास निर्माणका कामले गति लिने बताएका छन् ।

 

 

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘बर्खा सकियो अब विकास निर्माणका कामहरु पूर्ण र द्रुत गतिका साथ अघि बढ्छन् ।

 

 

जनताले चाहेजस्तो परिणाम आउँछ। संघीय सरकारले अघि सारेको बजेट र प्रदेश सरकारहरुले अघि सारेका बजेटहरु पूर्ण गतिका साथ कार्यान्वयनमा जान्छन्। सरकारले परिणाम दिनेगरि धमाधम काम गरिरहेको छ।’

 

 

मन्त्री पण्डितले परिस्थिति र प्रसँगले गर्दा विकास निर्माणका काममा केही ढिलासुस्ती भएपनि अब ढिलाई नहुने बताए ।

 

 

आफ्नो मन्त्रालयले यही कात्तिकको ८, ९ र १० गते सम्बन्धित निकायहरुसँग तराई–मधेश समृद्धिको प्रस्ताव माग गरेको सुनाउँदै आउने मंसिर ८ गते प्रस्ताव पेश गर्न समय दिएको मन्त्री पण्डितले जनाए।

 

 

उनले भने, ‘अब विनियोजित बजेटहरु विकास निर्माणका काममा तिव्रता प्रदान गर्छ । यो पहिलो वर्ष संविधान कार्यान्वयनको वर्ष भएकोले सरकार संविधान कार्यान्वयनमा कुनैपनि किसिमको ढिलाई चाहँदैन।’ संविधानअनुसार तीन तहका सरकारले काम गरिरहेको उनले उल्लेख गरे।

 

 


संघीय प्रहरी ऐन निर्माणको अन्तिम चरणमा पुगिसकेको उनले जनाए। मन्त्री पण्डितले भने, ‘कर्मचारी समायोजन ऐन अन्तिम चरणमा छ।

 

 

अब बस्ने मन्त्रिपरिषद बैठकबाट कर्मचारी समायोजन ऐन अघि बढ्छ। संघीय प्रहरी ऐनपनि अघि बढ्छ । अरु थुप्रै ऐनहरु प्रक्रियामा छन्।’
 

लालबाबु पण्डित विकासका काम

विशेष