नेता खनाल भन्छन्, ‘सबै हल्ला हुन्, नेकपामा नयाँ धार छैन’
बनियानी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो दलमा नयाँ धारको कुरा निराधार भएको बताएका छन् ।
झापाको बिर्तामोडमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता खनालले तल्लो र वर्गीय सङ्गठन भङ्ग भएकाले पार्टीभित्र केही असन्तुष्टि रहेको उल्लेख गरे ।
‘नेकपा ठूलो पार्टी हो, लाखौं सदस्य र लाखौँ समर्थक छन्’ उनले भने, ‘उहाँहरु सबै अहिले असङ्गठित हुनुहुन्छ, यस्तो बेलामा केही असन्तुष्टि आउनु स्वाभाविक हो ।’
नेता खनालले स्थायी कमिटीको बैठकपछि एकता प्रक्रिया अघि बढ्ने बताउनुभयो । तीनै तहको सरकार मुलुक विकासको मार्गमा अघि बढिरहेको बताउँदै नेता खनालले भने, ‘जनतालाई सन्तुष्टि दिने गरी सरकार तीव्र गतिमा अघि बढ्न आवश्यक छ ।’
नेपाल कम्युनिस्ट पार्टी वरिष्ठ नेता झलनाथ खनाल