मुख्य समाचार राजनीति

मन्त्री स्थापितलाई हटाउने तयारी, प्रधानमन्त्रीको जवाफ आउन बाँकी

मन्त्री स्थापितलाई हटाउने तयारी, प्रधानमन्त्रीको जवाफ आउन बाँकी

काठमाडौं ।  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल भौतिक पूर्वाधार मन्त्री केशव स्थाापितलाई पदबाट हटाउने तयारीमा जुटेका छन् । यसै बिषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अनुरोध गर्न बिहीबार उनी काठमाडौं आएका छन् ।

 

 


मन्त्रिपरिषद्को दोस्रो वरियतामा रहेका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक पटक अपमान गरेको आरोप छ । 

 

 

 

बुधबारको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेका थिए। 

 

 

उक्त विचार व्यक्त गर्ने वितिक्कै मन्त्री स्थापितले आफूले मन्त्रालयको काम गरिरहेको जिकिर गर्दै मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेका थिए।

 

 


१३ अर्ब वजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खासै काम अगाडि बढाउन सकेको छैन । मन्त्री स्थापितलाई पदबाट हटाउन नेकपाको नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौ आएका छन्। 

 

 

 

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको अनुमति पाएपछिमात्र मुख्यमन्त्री पौडेलले स्थापितलाई मन्त्री पदबाट हटाउने बताइएको छ ।

 

 

मुख्यमन्त्री पौडेल मन्त्री स्थापितको बुधबारको व्यवहारवाट अत्यन्त आक्रोशित भएको एक मन्त्रीले बताए।

मुख्यमन्त्री डोरमणि पौडेल केशव स्थाापित

विशेष