मुख्य समाचार राजनीति

कांग्रेसले नेकपालाई उछिन्यो, चियापानमा एक लाखलाई निम्ता

कांग्रेसले नेकपालाई उछिन्यो, चियापानमा एक लाखलाई निम्ता

काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई उछिनेको छ । उसले चुनावमा होइन नेपाली कांग्रेसमा सहभागी ल्याउने संख्यामा उछिनेको हो । 

 

 

प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । 

 

 

 

सो कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

 

 

 

कांग्रेसले शुक्रबार काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । 

 

 

 

२०३३ सालमा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । 

 

 

 

कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै यही कात्तिक १६ गते अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । 

 

 

 

यसअघि सत्तारुढ दल नेकपाले गएको शनिबार आयोजना गरेको चियापान कार्यक्रममा झण्डै ५० हजार व्यक्तिलाई निमन्त्रणा पठाएको थियो । 

 

 

 

चियापानको नाममा अनावश्यक खर्च गरेको भन्दै नेकपा नेतृत्वको जनस्तरबाट आलोचनासमेत भएको थियो । नेकपाले भन्दा बढीलाई निमन्त्रणा पठाएपछि कांग्रेसको समेत आलोचना सुरु हुन थालेको छ । 

नेपाली काँग्रेस चियापान कार्यक्रम

विशेष