मुख्य समाचार राजनीति

मेरो अलि ठूलो स्वर छ, मुख्यमन्त्रीलाई अभद्र व्यवहार गरेको छैनः मन्त्री स्थापित

मेरो अलि ठूलो स्वर छ, मुख्यमन्त्रीलाई अभद्र व्यवहार गरेको छैनः मन्त्री स्थापित

काठमाडौं । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थाापित अहिले सामाजिक सञ्जालमा निकै आलोचित छन् । उनी मुख्यमन्त्रीलाई अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा आलोचित भएका हुन् ।

 

 

हुनत मन्त्री स्थापितको विगत पनि त्यति राम्रो देखिदैन । बेलोबला आलोचनाको तारो बनिरहने उनलाई यो पटक भने ठूलो संकट पर्ने देखिन्छ । यतिसम्म संकट पर्न सक्छ कि उनको मन्त्री पद नै खुस्कीन सक्छ ।

 

 

मन्त्री स्थापितलाई पदबाट अटाउन तयारीसमेत सुरु भइसहेको छ । उनलाई पदबाट बिदा गराउन प्रदेश ३ का मुख्यमन्त्री काठमाडौं नै आइपुगेका छन् । 

 

 

 

मुख्यमन्त्री डोरमणी पौडेल मन्त्री स्थापितलाई हटाउनु पर्योभन्दै कुरा सुनाउन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेट्न काठमाडौं आएका हुन् ।

 

 

बुधबारको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेका थिए। 

 

 

 

उक्त विचार व्यक्त गर्ने वितिक्कै मन्त्री स्थापितले आफूले मन्त्रालयको काम गरिरहेको जिकिर गर्दै मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेका थिए।

 

 

तर, मन्त्री स्थापितले भने मुख्यमन्त्रीलाई कुनै अभद्र व्यवहार नगरेको दाबी गरेका छन् । उनले भने, ‘मेरो अलि स्वर ठूलो छ, ठूलो स्वरमा कराएँ, अभद्र व्यवहार गरेको छैन।’

पूर्वाधार मन्त्री केशव स्थाापित मुख्यमन्त्री डोरमणी पौडेल

विशेष