नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन, बुधबार २ घण्टा चक्काजाम गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेको आरोपमा आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा नेविसंघले सोमबार देशव्यापी प्रदर्शन गरेको छ।
त्यस क्रममा प्रधानमन्त्री ओलीको पुत्ला दहनसमेत गरिएको थियो । बुधबार सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्काजाम गरिने नेविसंघ केन्द्रिय समितिको विज्ञप्तिमा उल्लेख छ ।
काभ्रेको तपेश्वर माविका एकाइ सभापति कृष्ण ढकाललार्इ प्रहरीले पक्राउ गरेको थियो । ढकालको रिहाइ माग गर्दै काभ्रेका शैक्षिक संस्था सोमबार दोस्रो दिन पनि बन्द रहे । काठमाडौं वाल्मिकी क्याम्पसमा प्रधानमन्त्रीको तस्वीरसहितको पुत्ला दहन गरेपछि प्रहरीले नेविसंघका कार्यकर्तालार्इ लखेटेको थियो।
काठमाडौं प्रदर्शनी मार्गमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार तानाशाही बन्दै गएको आरोप लगाए। ढकालको रिहाइ माग गर्दै नेविसंघले आइतबार जिल्ला प्रशासन कार्यालय काभ्रे घेराउ गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेविसंघ