राजनीति

पार्टी नेतृत्वसँग नेविसंघको आग्रह- महाधिवेशनको वातावरण बनाउनुहोस् 

पार्टी नेतृत्वसँग नेविसंघको आग्रह- महाधिवेशनको वातावरण बनाउनुहोस् 

काठमाडौं । नेपाल विद्यार्थी संघले विधानसम्मत १२औं महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग आग्रह गरेको छ ।

 

 

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले सोमबार पत्रकार सम्मेलन गरी नेविसङ्घको १२औं महाधिवेशनको वातावरण बनाउन पार्टीसमक्ष आग्रह गरेका हुन् ।

 

 

उनले आफ्नो सीमित स्वार्थ पूरा गर्न नेताहरुले टिके प्रथा जन्माउने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रहसमेत गरे । ‘टिके प्रथाले आम विद्यार्थी र संगठनको भलो हुँदैन, टीका लगाए हामी आन्दोलनमा जान्छौं’ उनले भने ।

 

 

महामन्त्री काफ्लेले नेविसंघको केन्द्रीय समितिको बैठकले उमेर हद र विधान संशोधन पार्टी नेतृत्वलाई बुझाए पनि पार्टीको केन्द्रीय समितिले एकलौटी तरिकाले मनपरी निर्णय गरेको आरोप लगाए ।

 

 

पार्टीले नेविसङ्घको विधानलाई बन्धक बनाउन खोजेको उनको भनार्इ थियो । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले पार्टी नेतृत्व नेविसंघको महाधिवेशन गर्न नचाएको बताए । 

 

 

विसं २०७३ साउनमा दुई वर्ष कार्यकाल रहनेगरी ११औं महाधिवेशन सम्पन्न भएको थियो । नेविसङ्घको कार्यकाल २०७५ भदौ २ गते सकिएको भए पनि निर्वाचन नभएपछि पार्टीको नेविसंघ हेर्ने समितिले मङ्सिर २ गतेसम्मका लागि म्याद थप गरेको थियो ।

नेपाल विद्यार्थी संघ महामन्त्री कुन्दनराज काफ्ले

विशेष