राजनीति

कांग्रेसभन्दा कम्युनिस्ट खर्चालु

कांग्रेसभन्दा कम्युनिस्ट खर्चालु

काठमाडौं । सामूहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिस्ट कांग्रेसभन्दा बढी भड्किला, महँगा र खर्चालु देखिएका छन् । 

 

कम्युनिष्टहरु कत्तिको तडकभडक छन् भन्ने कुरा दसैं, तिहार, छठ, नेपाल सम्वत्का अवसरमा नेपाल कम्युनिस्ट पार्टी नेकपाद्धारा आयोजित शुभकामना आदान-प्रदान एवं चियापान कार्यक्रममा भएको खर्चबाट नै प्रस्ट हुन्छ । 

 

हुन त उक्त पार्टीका कुनै नेता आफ्ना कार्यकर्ता नै बढी भएकाले खर्च त्यही अनुपातमा बढेको तर्क गर्छन् तर यस बर्षको चियापानमा नेकपाको खर्च कांग्रेसको भन्दा चारगुणाले बढी देखिएको  ।

 

अहिले प्राप्त खर्च तथ्यांकअनुसार नेकपाले यो चियापानमा ४० लाख रुपियाँ र नेपाली कांग्रेसले १० लाख रुपिया खर्च गरेको देखिएको छ । नेपाल समाचारपत्रमा खबर छ । 

कम्युनिस्ट काँग्रेस

विशेष