राजनीति प्रदेश ७

बर्खास्त सोडारी पार्टीको साधारण सदस्यबाट समेत निष्कासित

बर्खास्त सोडारी पार्टीको साधारण सदस्यबाट समेत निष्कासित

कैलाली । मन्त्री पदबाट हटाइएका तत्कालिन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दिर्घ सोडारीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्यबाटसमेत निष्कासित गरिएको छ ।

 

 

पदको दुरुपयोग गरेको मन्त्री पदबाट बर्खास्त गरिएका उनलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गरिएको हो । आज विहान मन्त्रीवाट बर्खास्त गरिएका उनलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको स्रोतले जनाएको छ ।

 

 

यसअघि नेकपा कैलालीको अध्यक्ष रहेका सोडारी कैलाली क्षेत्र नम्वर ४ को क वाट प्रदेश सभामा विजयी हुँदै सामाजिक विकास मन्त्री वनेका थिए ।

 

 

उनलाई मन्त्रीबाट हटाएर कैलाली क्षेत्र नम्वर ४ को ख वाट विजयी कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्रीमा प्रदेश सरकारले नियुक्त गरिसकेको छ । नेकपाको पार्टीको सदस्य नरहने गरी निष्कासन गरिए सोडारीको सांसद पद भने यथावत रहनेछ ।

नेपाल कम्युनिस्ट पार्टी दिर्घ सोडारी

विशेष