राजनीति

सरकारलाई चुनौती दिँदै सडकमा उत्रिए नेविसंघका कार्यकर्ता, ढकाललाई रिहा गर्न माग

सरकारलाई चुनौती दिँदै सडकमा उत्रिए नेविसंघका कार्यकर्ता, ढकाललाई रिहा गर्न माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिको फोटो कुकुुरको टाउकोमा लगेर जाडिएको फोटो सेयर गरेर पक्राउ पर्ने कृष्ण ढकालको रिहाको माग गर्दै नेविसंघ काभ्रेले बनेपामा विरोध प्रदर्शन गरेको छ । ढकाल नेविसंघ काभ्रेका नेता हुन् । 

 

उक्त फोटो कसले बनाएको भन्नेबारे स्पष्ट जानकारी नभएको र सेयर मात्र गर्दैमा पक्राउ परेका ढकालको रिहाको माग गर्दै नेविसंघका कार्यकर्ताले आज बुधबार बनेपामा आन्दोलन गरेका थिए ।  सरकारलाई चुनौती दिँदै नेविसंघका कार्यकर्ताले प्रधानमन्त्रीकाे सोही फोटो पूनः फेसबुकमा सेयर गर्दै रिहाको माग गरिरहेका छन् । पटक पटक उक्त फोटो फेसबुकमा दोहोरिएको खण्डमा नेपाल सरकारले के सबैलाई कारवाही गर्न सक्ला ? 

 

प्रधानमन्त्रीकाे उक्त फोटो ढकालले सेयर गरेकाे केही समयमै हटाएका थिए । यसरी सेयर गरेकै भरमा हप्तौंसम्म थुनेको कारण उनीहरू सडकमा उत्रिएका हुन् । 

फोटाे : (कुन्दन राज घिमिरेको फेसबुकबाट) 
 

विशेष