ऊर्जा मन्त्री भन्छन्, ‘जनताको लगानीमा नै ठूला आयोजना बन्छन्’
काठमाडौं । ऊर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ ले जलविद्युत् नै समृद्धिको आधार भएकाले जनताको लगानीमा नै ठूला आयोजनाहरु बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
विश्व बैंकका उपाध्यक्षसहितको टोलीले किमाथांका र अपर अरुण जलविद्युत परियोजनाको निर्माणस्थलको अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले किमाथांका आयोजना बनाउन चीन सरकारले चासो दिएकाले अब छलफलमार्फत सबै विषय टुंग्याएर अघि बढ्ने बताए । मन्त्री पुनले अरुण बेसिनलाई जलविद्युतको हब बनाउन लागिएको बताउँदै यसअन्तरर्गतका सबै आयोजना अबको केही समयभित्रै निर्माणको चरणमा प्रवेश गर्ने दावी गरे ।
उनले तल्लो अरुण, अरुण चौथो आयोजना पनि चाँडै अघि बढ्ने बताउँदै अरुण तेस्रो भारतीय कम्पनी सतलजमार्फत निर्माण सुरु भएको जानकारी दिए ।
यस्तै उनले माथिल्लो अरुण पनि प्राधिकरणले निर्माण गर्न लागेको बताउँदै मन्त्री पुनले अब सरकार कन्सल्टेन्सीको जस्तो मात्रै काम गरेर नबस्ने जिकीर गरे ।
ऊर्जा मन्त्री वर्षमान पुन ठूला आयोजना