राजनीति

छोरा सम्झेर प्रचण्ड भक्कानिए 

छोरा सम्झेर प्रचण्ड भक्कानिए 

दोलखा । बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छापेको थियो । 

 

 

तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचमा होमिएका त्यतिखेरको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अघिल्लो बर्षको मंसिर १ गते केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भएको चुनावी सभामा सम्बोधन गर्न झापा पुगेका थिए । 

 

 

झापाका सभा सकेर उनी काठमाडौं फर्किने तरखर गर्दै थिए । अचानक काठमाडौंबाट एउटा अपत्यारिलो खबर आयो जसले उनी छाँगाबाट खसेझैँ भए । 

 

 

अघिल्लो बर्ष मंसिर २ गते झापामा केपी ओलीजीको चुनावी क्षेत्रमा थिएँ, शनिबार खोलखा सदरमुकामा चरिकोटमा दाहालले बर्ष दिनअघिका घटना सम्झिँदै भने, राजधानी फर्कने तरखबर गर्दै थिएँ, अचानक एउटा खबर आयो, प्रकाश अब रहेनन् ।

 

 

यति भनेपछि दाहालका गला अवरुद्ध भएका थिए । उनी बोल्नै सकेनन् । केही बेर भक्कानिए । चरिकोटको टुँडिखेल मैदानमा उनलाई सुन्न बसेकाहरु स्तब्ध बने । नागरिक दैनिकबाट। 

पुष्पकमल दाहाल दोलखा प्रकाश दाहाल

विशेष