राजनीति

देखिने विकास गर्न सरकार लागिपरेको छः मन्त्री अधिकारी

देखिने विकास गर्न सरकार लागिपरेको छः मन्त्री अधिकारी

दोलखा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले नयाँ सरकार बनेपछि बाह्य पर्यटक विगतको वर्षमाभन्दा २४ प्रतिशतले वृद्धि भएको बताएका छन् । उनले नागरिकले प्रत्यक्षरुपमा देखिने विकास गर्न सरकार लागिपरेको बताएका हुन् ।

 

सदरमुकाम चरिकोटमा राष्ट्रिय विभूती शङ्खधर साख्वाको शालिक अनावरण गर्न आइपुगेका मन्त्री अधिकारीले सन् २०१९ सम्ममा विश्वको पाँचौ गन्तब्यस्थल काठमाडौंलाई बनाउन सरकार लागि रहेको बताए ।

 

शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा सांसद पार्वत गुरुङ, प्रदेशसभा सदस्य पशुपति चौलागार्इं, नेपाली कांग्रेसका नेता ईश्वरनारायण मानन्धर, नगरप्रमुख भरत केसीले राष्ट्रिय विभूति शङ्खधर साख्वाका विविध पक्षबारे प्रकाश पारेका थिए । 

मन्त्री रवीन्द्रप्रसाद अधिकारी

विशेष