सभापति देउवा भन्छन्, ‘पार्टीभित्र मोर्चाबन्दी गर्न पाइन्छ’
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पारे ।
पूर्वप्रधानमन्त्री देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पारे ।
पार्टीभित्र आन्तरिक द्वन्द्व भए पनि यो अराजक नभएको बताउँदै उनले पार्टीको महाधिवेशन तोकिएको समयमा हुने बताए ।
एक प्रश्नको जवाफमा सभापति देउवाले नेपाल विद्यार्थी संघले आफ्नो कार्य राम्ररी गरेमा महाधिवेशन हुने विचार व्यक्त गरे ।
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा