राजनीति

छोरा प्रकाशलाई सम्झदै प्रचण्डले भने -प्रकाशको निधनले देशलाई अपुरणीय क्षति पुगेको छ 

छोरा प्रकाशलाई सम्झदै प्रचण्डले भने -प्रकाशको निधनले देशलाई अपुरणीय क्षति पुगेको छ 

काठमाडौं । छोरा प्रकाश दाहाललाई सम्झदै (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र उनकी श्रीमती सीता दाहाल भक्कानिएका छन् । प्रकाशको निधन भएको वर्ष दिनमा खुमलटारस्थित निवासमा सोमबार आयोजित स्मृति सभा तथा प्रकाश दाहाल स्मृति स्मारिका विमोचन कार्यक्रममा प्रचण्ड र सीता दाहाल  भक्कानिएका हुन् ।  मन्चमा भावविह्वल सीता दाहाललाई उनका छोरीले सम्हालेका थिए ।

 

 

स्मृति सभामा बोल्दै दाहालले छोराको निधनले परिवार, पार्टी र देशलाई अपुरणीय क्षति पुगेको बताए।

प्रचण्डले छोरा प्रकाश दाहालको निधनको बेला असहज परिस्थितिको सामना गर्नु परेको भन्दै  देश, पार्टी , जनताबाट साथ र सहयोगले आफूले घर र पार्टी सम्हाल्दै अघि बढेको बताए । सबैतर्फबाट साथ नपाएको भए परिवार बिघटन हुन सक्ने उनको भनाई थियो ।  

 ‘बालसुलभ कमीकमजोरी छाडेर प्रकाश परिपक्क हुँदै गएका थिए। भरोसा गर्न सकिने भएको थियो। तर प्रकाशको असामयिक निधन हुन पुगको प्रचण्डले बताए । 

 

 

कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर राणा, सभामुख कृष्णबहादुर महरा लगायतका व्यक्तिहरु प्रचण्ड निवास खुमलटार पुगेका थिए।

कार्यक्रममा प्रकाश दाहालको स्मृति गन्थ समेत सार्वजनिक गरिएको छ। उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले संयुक्त रूपमा उक्त स्मृति ग्रन्थ सार्वजनिक गरेका छन् । 

विशेष