राजनीति

वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ : देउवा 

वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ : देउवा 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ ।  सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवाद तर्फ सोझिएको दाबी गरेका हुन् ।

 

दुई तिहाईको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको भन्दै उनले मलुकको राजनीति सत्ताउन्मुख हुदै गएकोमा चिन्ता व्यक्त गरे । 


अधिनायकवादले प्रजातन्त्रलाई नष्ट गर्ने भन्दै उनले प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए । सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले शसक्त प्रतिकार गर्नुपर्नेमा उनले जोड दिए । प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती कमजोरीलाई विर्सेर एकढिक्का भई अघि बढ्नुपर्ने उनले बताए । 

 पार्टीको महासमिति बैठकको सन्र्दभमा राजनीतिक प्रस्ताव मस्यांैदा सुझाव संकलनका लागि कांग्रेसले ३ नम्बर प्रदेशका सांसदहरुको भेला बोलाएको हो । 

विशेष