राजनीति

राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो

राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)  नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ ।

 

 

मंगलबार बसेको बैठकले पार्टी संयोजकको दायित्व राजेन्द्र महतोलाई दिएको छ ।  पार्टी एकतापछि संयोजकको जिम्मेवारी महन्थ ठाकुरले लिएका थिए ।
 

सुरुमा दुई–दुई महिनामा संयोजक परिवर्तन गरिने बताए पनि लामो समयसम्म ठाकुरले संयोजकको पद सम्हाल्दै आएका थिए ।  


यस्तै पार्टी एकीकरणका बेला निर्वाचन आयोगमा बुझाइएका केन्द्रीय समितिको सूचीलाई मात्रै आधिकारिक मान्ने र त्यसपछि पार्टी संगठनमा भएको सबै प्रकारको नियुक्ति तथा मनोनयन रद्ध गर्ने निर्णय पनि आजको बैठकले गरेको महासचिव  केशव झाले बताए ।  

विशेष