राजनीति

महाधिवेशनलाई लिएर  राजपाको बैठक बस्दै 

महाधिवेशनलाई लिएर  राजपाको बैठक बस्दै 

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले अध्यक्ष मण्डलको बैठक बोलाएको छ । राजधानीको बबरमहलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा आगमी महाधिवेशनको तयारीका विषयमा छलफल हुने अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले जानकारी दिए । 

 

मधेश केन्द्रित ६ वटा दल मिलेर राजपा गठन भएपछिको पहिलो महाधिवेशन आगामी वर्ष बैशाख ७, ८ र ९ गते गर्ने तय भइसकेको छ । 

महाधिवेशनको मिति तय भइसकेपनि पार्टीका तल्ला कमिटिसम्म पुर्‍याएको विधानमा भएको प्रावधान र निर्वाचन आयोगमा बुझाएको विधानमा भएको प्रावधान फरक फरक पाइएपछि राजपाभित्र तीव्र विवाद देखापरेको थियो  । 

नेता कार्यकर्तालाई  बाँडिएको  विधानमा महाधिवेशन पछि अध्यक्ष मण्डल स्वतंः खारेज हुने उल्लेख छ भने निर्वाचन आयोगमा  बुझाइएको विधानमा अध्यक्ष मण्डलको पदावधी जारी रहने उल्लेख छ । 


अध्यक्ष मण्डलका ६ जना नेताहरुले पदीय स्वार्थ अनुकुल हुनेगरि महाधिवेशनपछि पनि अध्यक्ष मण्डल कायमै हुने गरी निर्वाचन आयोगमा विधान दर्ता गरेपछि राजपाभित्र असन्तुष्टि चुलिएको हो । 

विशेष