मुख्य समाचार राजनीति

विप्लव नेतृत्व नेकपाको जनसभा काठमाडौंमा,  कार्यकर्तालाई सहभागी हुन आग्रह

विप्लव नेतृत्व नेकपाको जनसभा काठमाडौंमा,  कार्यकर्तालाई सहभागी हुन आग्रह

काठमाडौं ।  पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।

 

विप्लव नेतृत्वले आगामी ८ गते पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौंमा प्रर्दशनसहितको जनसभा आयोजना गर्न लागेको हो । 

काठमाडौंको शान्ति बाटिकामा आयोजना हुने जनसभालाई  पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सम्बोधन गर्ने बताइएको छ । 

बुधबार गरेको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य चिरन पुनले जनसभामार्फत् पार्टी र सरकारसँग भएको वार्ता, पार्टीको भावी नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । 

यस्तै पुनले पत्रकार सम्मेलन मार्फत् जनसभामा सहभागी हुन कार्यकर्ताहरुलाई आह्वान समेत गरेका छन् । 

विशेष