मुख्य समाचार राजनीति

कांग्रेसको महासमिति बैठक सर्नसक्छः महामन्त्री कोइराला

कांग्रेसको महासमिति बैठक सर्नसक्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले महासमिति बैठक सर्ने बताएका छन्।

 

 

 शुक्रबार राजधानीमा आयोजित कांग्रेसको शुभकामना तथा चियापान कार्यक्रममा महामन्त्री कोइरालाले मंसिर ५ देखि ९ गतेसम्म बस्‍ने भनिएको महासमिति बैठक सर्नसक्ने बताएका हुन्।

 

 

कार्यक्रममा कोइरालाले सञ्चारसँग कुरा गर्दै प्राविधिक कारणले २ देखि ३ हप्तासम्म बैठक सर्ने उनको भनाइ छ। आउँदो महासमिति बैठक नभएसम्म कांग्रेस जसरी चलेको छ त्यसरी नै जाने र आफू सभापति बनेपछि सबैलाई समेटेर लाने कोइरालाले दाबी गरे ।

 

 

सञ्चारकर्मीको जिज्ञासामा महामन्त्री कोइरालाले कोइराला परिवारको नेपाली कां‌ग्रेसमा ठूलो त्याग र योगदान रहेको र आफू नै कोइराला परिवारबाट सभापतिको दाबेदार रहेको पनि सुनाए।

नेपाली काँग्रेस महासमिति बैठक महामन्त्री डा. शशांक कोइराला

विशेष