राजनीति

विदेश शयरमै रमाउँने मेयर, अहिलेसम्म ११ पटक विदेश भ्रमण

विदेश शयरमै रमाउँने मेयर, अहिलेसम्म ११ पटक विदेश भ्रमण

काठमाडौं । विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ । 

 

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उनको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि ? तर, महानगरपालिकाको कार्यसम्पादनले भने नगरबासीमा खासै उत्साह जगाउन सकेको छैन ।

 

कार्यसम्पादन सुस्त रहे पनि प्रमुख महर्जनको विदेश भ्रमण तेज गतिमा भइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी न्यूनत्तम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनतामा असन्तुष्टि रहँदै आएका बेला प्रमुख महर्जन सोमबार राति भियतनामतर्फ गएका छन् । 

 

यसअघि उनले १० पटक विदेश भ्रमण गरिसकेका छन् । देशभरका ७ सय ५३ स्थानीय तहका प्रमुखमध्ये सबैभन्दा बढी विदेश घुम्ने प्रमुख हुन् ।

 

महर्जनले महानगरपालिकाको प्रमुखको पदभार ग्रहण गरेको आउँदो जेठ १० गतेबाट दुई वर्ष पूरा हुनेछ । डेढ वर्षयता उनको विदेश भ्रमणले निकै रफ्तार लिए पनि कार्यसम्पादनले गति लिन नसकेको अवस्था छ । नेपाल समाचारपत्रबाट 

विदेश भ्रमण ललितपुर महानगरपालिका चिरिबाबु महर्जन

विशेष