मुख्य समाचार राजनीति

प्रधानमन्त्री ओली डिस्चार्ज

प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएको पाँचौं दिन शुक्रबार डिस्चार्ज भएका छन् ।  

 

महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकोले डिस्चार्ज गरिएको बताए ।

 

प्रधानमन्त्री ओलीलार्इ छातीको सङ्क्रमण, ज्वँरो र खोकी साथै  मधुमेहको मात्रा असन्तुलित हुने समस्या भएको थियो । उनको उपचारमा डा‍ अरुण सायमीको संयोजकत्वमा प्रा. डा. दिव्यासिंह शाह र डा. सन्तकुमार दास सम्मिलित छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज

विशेष