राजनीति

 अर्थमन्त्री खतिवडा भन्छन्, ‘जमिन राज्यको हुनुपर्छ’

 अर्थमन्त्री खतिवडा भन्छन्, ‘जमिन राज्यको हुनुपर्छ’

काठमाडौं । जमिनको स्वामित्व सम्बन्धी विद्यमान व्यवस्थाले सबै क्षेत्रको लागत बढाएको र वित्तीय स्थायित्वमै समस्या भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । 

 

 

नेपाल समाजशास्त्र संघको कार्यक्रममा बुधबार उनले जमिन निजी सम्पत्ति नभई भोगाधिकार मात्रै हुनुपर्ने बताए । ‘जमिन राज्यको हुनुपथ्र्यो ।

 

 

निजी सम्पत्तिका रूपमा हुनुपर्छ भनेर संवैधानिक व्यवस्था गरिहाल्यौं,’ उनले भने, ‘जमिनमा कसैको स्वामित्व हुँदा सबै क्षेत्रको लागत बढ्यो । विकास निर्माण, वित्तीय स्थायित्वलगायत सबै क्षेत्रमा समस्यै समस्या भयो ।’ 

 

 

प्राकृतिक स्रोतहरू जल, जंगल र जमिन राज्यको हुनुपर्ने उनको धारणा छ । ‘यसबारे संविधान बनाउने बेलामै बहस हुनुपथ्र्यो, त्यो गर्न सकेनौं । विकास निर्माणका काममा राज्यले कति जमिन किन्ने ? कति मुआब्जा दिइरहने ?’

 

 

उनले भने, ‘आफ्नो जमिन नहुनेले अन्त कतै लगेर पशुपालन गर्छ भने उसलाई राज्यले अनुदान दिने कि नदिने ?’ जमिनको निजी स्वामित्व परिवर्तन गर्न नसके पनि भूमिमा आधारित नीतिगत परिवर्तन गर्नुपर्ने उनले बताए । कान्तिपुर दैनिकबाट

अर्थमन्त्री डा. युवराज खतिवडा

विशेष