ओशोले नेपाल छाड्नुअघि भनेका थिए, ‘आफू गुरु बन्न मैले नेपाल छाडेको हेर्न चाहन्छन् अरुण, यदि म नेपालमै बसेँ भने, अरूण समाप्त’
‘ओशो’ सूचीकृत ट्रेडमार्क हो, अरुणले दुरुपयोग गरे : ओशो फाउन्डेसन
अरुणले ओशोका किताबको अवैध व्यापार गरेः ओशो फाउन्डेसन
काठमाडाै । ओशो रजनिशको आधारिक संस्था आशो इन्टरनेसनल फाउन्डेसन र ओशो तपोवनबीचको खटपट सुनिदै आएको थियो । तर यसबारे दुइतर्फी कुरा आइरहेका थिएनन् । ओशोकै नामबाट खुलेको ओशो तपोवनले त ओशोको विचार प्रचार नै गरिरहेको छ यसमा के विवाद होला र ? भन्ने सोचाइ पनि थियो । तर पनि विषय स्पष्ट हुन नसकेपछि हामीले भारतको पुनेस्थित ओशो इन्टरनेसनल फाउन्डेसनमा सम्पर्क गर्यौं । उनीहरुले संस्थाको आधिकारिक जवाफका लागि लिखित प्रश्न पठाउन आग्रह गरे । हामीले लिखित प्रश्नहरु पठाएपछि फाउन्डेसनले पनि जवाफ पठाएको छ । जवाफ कुनै व्यक्तिले नभएर संस्थाको नाममा छ । सो संस्थाले ओशो तपोवनबारे भनेको छ, ‘ओशो भन्ने नाम ट्रेड मार्क हो ।’ अर्थात ओशो भन्ने नाम र कोकाकोला, केएफसी, पेप्सी जस्तै ट्रेडमार्क भएको शब्द हो । ओशोको नाम जोडेर आनन्द अरुणले एनजिओ चलाउनु अवैध हो । फाउन्डेसन भन्छ, ‘ओशोले लेख्नु भएका सबै पुस्तकहरुमा ओशोको कपिराइट छ ।’ अर्थात नेपालमा चलेका किताबहरु आफूखुसी छापेर बेच्न पाइँदैन, त्यसै गरी ओशोका किताबहरु पनि अनुवाद गरेर छाप्न र बेच्न पाइँदैन । फाउन्डेसनको दावीअनुसार आनन्द अरुणले ओशोका किताब आफूखुसी बेचेर अवैध व्यापार गरेका छन् । नेपालआजले पठाएको प्रश्नको जवाफ फाउन्डेसनले निम्नप्रकारले दिएको छ :
स्वामी आनन्द अरूण र उनका भक्तहरूका अनुसार तपाईंहरू नेपालमा ओशो तपोवनको विरूद्ध अभियान चलाइरहनु भएको छ । के यो सत्य हो ?
यो सत्य होइन । सबै ओशो सेन्टर आफैंमा स्वतन्त्र छन् र हरेक ओशो सेन्टरले ओशोको विश्वास र उनका दर्शनलाई आत्मसात गरेर अघि बढेको हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
एकजना ओशो सन्यासी स्वामी देवसुन्दर साइबर क्राइमको अभियोगमा पक्राउ परे । उनले काठमाडौंमा ओशो विरूद्ध अभियान चलाए भन्ने आरोप पनि छ । उनीसँग तपाईंहरूको के सम्बन्ध छ ?
हामीलाई यी व्यक्ति र उनका गतिविधीबारे केही थाहा छैन । यद्यपि हामी अरूणको कोही पनि आध्यात्मिक प्रतिस्पर्धीहरुसँग संलग्न छैनौं ।
के तपाईंहरूलाई लाग्छ कि, ओशो तपोवनले ओशो पुुनेको अनुमतिबिना तपाईंहरूको कपिराइट प्रपटी र ट्रेडमार्क प्रयोग गरिरहेको हो ? यदि हो भने, यसरी ओशो नामको कपिराइट र ट्रेडमार्क प्रयोग गर्नु कत्तिको नीतिसम्मत हो ?
ओशोको ट्रेडमार्क र कपिराइट ओशोको आज्ञा बमोजिम नै दर्ता भएको हो । ओशोले आफ्नो पार्थिव शरिर नत्यागेको समयमा यो सबै भयो । उदाहरणको लागि, ओशोले आफ्ना किताबहरू प्रकाशन गर्नुअघि सबै किताबलाई पूनः अध्ययन गरेर कपिराइटका सूचनाहरु राख्ने विषयमा सहमति दिनु भएको थियो । उहाँको आज्ञामा उहाँको नाम पहिलोपटक सन् १९७० को दशकमा ट्रेडमार्क दर्ता भएको थियो ।
तपाईंले सोध्नुभएको ‘नीतिसंगत’ हो ? भन्ने प्रश्नमा, ओशोेको नाममा छापिएका कुनै पनि सामग्रीहरु ‘सही हुन’् भन्ने बुझ्नु पर्छ ।
आनन्द अरुणले ‘ओशो’ नामलाई व्यापारको रुपमा उपयोग गरे । ओशोले आफ्नो नाम बेचेर गलत खेती गर्नेहरुलाई चेतावनी दिएनु भएको थियो । उहाँले भन्नु भएको थियो, ‘तपाईहरू आफ्नो काम गर्न मन छ भने गर्नुस्, त्यो तपाईका् स्वतन्त्रता हो तर मेरो नाम हटाएर गर्नुस् ।’
ओशो तपोवनले ओशोका कृतिहरु अनाधिकृत रुपमा प्रकाशन गर्ने काम गरिरहेको छ । ओशोका कृतिलाई कुनै अनुमतिबिना भारत, अमेरिका, क्यानडालगायतका देशमा बेचिरहेको छ । कुनै पनि कपिराइट सहमति र ओशोको ठोस मार्गदर्शनबिना यस्तो गर्दा यहाँका वैधानिक प्रकाशकहरुलाई हानी भएकोछ ।
स्वामी आनन्द अरूणसँग तपाईहरूको के कुरामा मनमुटाव भएको हो ?
अरूणसँग हाम्रो कुनै पनि व्यक्तिगत मनमुटाव छैन । हाम्रो चासो यस कुरामा हो कि, अरूणले ओशोको मार्गदर्शनलाई पूर्ण रूपमा नकारिरहेका छन् र ओशोको सन्देशलाई बंग्याएर मानिसहरूलाई कुबाटोमा लैजाने काम गरेका छन् । यसका साथै, आफूले अनुमतिबिना छापेका कृतिलाई कानूनी मान्यता दिनका लागि अरूणले ओशो इन्टरनेसनल फाउन्डेसनलाई नै आक्रमण गर्न थालेका छन् ।
यसबारेमा हाम्रा चासो यसप्रकार छन् :
१) अरूण आफूलाई ओशो र अन्य ध्यानकर्ताको बीचको व्यक्तिको रूपमा प्रस्तुत गर्छन् । यसबारेमा ओशोको भनाई यस्तो छ ः
‘मेरो प्रयत्न भनेको तपाईंलाई ध्यानसँग एक्लो छोड्नु हो । कुनै मध्यस्थकर्ता या सम्झौता गर्ने व्यक्तिको हातमा छोड्ने होइन । ’
‘एक ध्यानकर्तालाई कुनै पनि मार्यदर्शक या गुरूको आवश्यक्ता हुँदैन । ध्यानकर्तालाई एकमात्र चिजको आवश्यक्त हुन्छ, त्यो होः ध्यान गर्ने वातावरण ।’
२) अरूणले गुरूको भूमिका खेलिरहेका छन् । जसलाई ओशोले यसरी वर्णन गरेका छन्ः
‘भारतका सबै गुरू मसँग रिसाएका छन् । किनभने म उनीहरूको परम्परा अनुसार चल्न सकिनँ । म यहाँ कसैलाई बिगार्न आएको होइन, म कसैमाथि जबरजस्ती विचार सिक्न र सिकाउन आएको होइनः भारतीय संस्कृति, धर्म सबै बकवास हुन् । म यहाँ तपाईंहरूलाई हिन्दू, जैन, बौद्ध, इसाइजस्ता धर्मबाट मुक्त भएर आफैं भएर बाच्न र आफैं बन्न मात्र सहयोग गर्न आएको हुँ ।’
मेरा सन्यासीइहरू मेरा पालनकर्ता होइनन्, उनीहरू मेरा साथी हुन् । म उनीहरूलाई प्रेम गर्छु र उनीहरूले पनि मलाई प्रेम गर्छन् ।
यहाँ कुनै पनि प्रकारको दर्जा या श्रेणी छैन । म तपाईंहरू भन्दा ठूलो र पवित्र छु भन्ने मान्यता नराख्नुस् । यस्तो विचार राख्नु भारतीय मान्यताविपरीतको कुरा हो । मेरा अरू यस्ता विचारको विरूद्धमा छन् । म जीवनलाई पुष्टि गरिरहेको छु, तर उनीहरूले यसलाई नकार्दै आएका छन् ।
३) अरूणले आफूलाई आध्यात्मिक अगुवाको रूपमा पनि प्रस्तुत गर्दै आएका छन् । तर, कसैको अगुवा या गुरू बन्ने बारे ओशो यसरी वर्णन गर्नुहुन्छ:
‘सबै अगुवाइहरू कुबाटोमा लागिरहेका छन्, कसैको अगुवा बन्नु नै कुबाटो देखाउनु हो । बुद्ध पथ प्रदर्शक थिएनन् र बुद्ध अगुवा होइनन् ।’
‘म तपाईंहरूको अगुवा होइन । यो शब्दलाई म एकदमै घृणा गर्छु, किनभने मैले यसको आशय राम्ररी बुझेको छु । अगुवा बन्नु भनेको अपराधी हुनु हो । अवश्य पनि अपराध यति सूक्ष्म हुन्छ कि,यो शब्द प्रयोग गर्दा कोही मारिएको त देखिदैंन । तर अगुवाईको नियन्त्रणमा पूरै मानवता नै कुुल्चिइन्छ र त्यसलाई मारिन्छ ।’
‘हामीले सम्झनुपर्ने कुरा यत्ति हो कि, कुनै पनि भगवान हुँदैनन्, पुरेतको काम र पद हुँदैन, पवित्र मूर्ति हुँदैन, चमत्कार र अलौकिक शक्ति हुँदैन, साधारण मानिस भन्दा धेरै शक्ति भएको मानिस पनि हुँदैन । इतिहासमा पहिलो पटक म यो भन्दै छु कि, एक सामान्य व्यक्तिले पनि ज्ञान पाउन सक्छ । वास्तवमा सामान्य व्यक्तिलेमात्र ज्ञान अथवा इनलाइटनमेन्ट पाउन सक्छ । पहिलो पटक साधारण बन्दा यहाँ यति धेरै सम्मान दिइने रहेछ । त्यसकारण मलाई कोही असाधारणजस्तो बनाउने कोशिश नगर्नु ।’
४) अरूणले सबै धर्मको परम्परागत व्यापारिक नमुनालाई अनिवार्य रूपमा अनुशरण गर्दै आएका छन् । गुरू र भगवानको उपस्थितिलाई अनिवार्य बनाएर आफू ठूलो कुर्सीमा आश्रित भई आफ्ना पालनकर्तालाई आफ्नो चरणमा राखेका छन् ।
यसलाई ओशोको दर्शनसँग जोडेर हेर्दाः
तपाईका पूजारी, पूरोहित, आध्यात्मिक गुरूहरू तान्त्रिक रोगी हुन् र उनीहरू मानवीय तान्त्रिक रोगको यात्रा गरिरहेका छन् । यो सबै आध्यात्मिक बकवासबाट टाढा रहनुहोस् । आध्यिात्मिक मूर्खता नै जीवनको असली मूर्खता हो जुन अर्थहीन हुन्छ । अन्य मूूर्खता भने संंसारिक हुन्छन् । सांसरिक मूर्खतालाई वास्ताविकता र विज्ञानले बचाउँछ । सत्यताले त्यसलाई बचाउँछ । तर धार्मिक मूर्खताको कुनै पनि जाँच हुँदैन ।
‘तपाईका पूरेत र पूजारी सबभन्दा ठूला बकवास व्यक्ति हुन् । शदियौं देखि उनीहरूले तपाईलाई मूर्ख बनाउँदै आएका छन् । तपाईहरू पवित्र गोवरमा घिस्रिरहनुभएको छ । त्यहाँबाट बाहिर निस्कने समय आइसक्यो ।’
ओशोलाई धर्मसँग जोड्ने ? यसबारे ओशो भन्छन्ः
‘मलाई कुनै पनि कोणबाट धर्मसँग जोडेको मन पर्दैन । धर्मको पूरा इतिहास नै दुर्गन्धित छ । यो एकदमै कुरूप छ र यसले मानिसको अनादर गरेको छ । एउटामात्र धर्ममा होइन, हरेक धर्मले यो कुरा बारम्बार दोहोर्याएको छ । भगवानको नाममा एक व्यक्तिले अर्को व्यक्तिको शोषण गरिरहेको छ ।’
के तपाईहरू ओशोको माला लगाउने र ओशोको फोटोलाई पूज्नेको विरूद्ध हुनुहुन्छ ?
यदि तपाईंले neosanyas.org मा हेर्नुभयो भने तपाईले ओशोको मालाको सटिक प्रयोग बारे जान्न सक्नुहुनेछ ।
ओशोले एकेडेमी अफ इनिसियसनलाई दिएको सन्देश अनुसार, माला लगाउनुपर्ने कुनै पनि जरूरत छैन । सन्यास भनेको भित्रबाट हुने हो, बाहिरी आवरणको यससँग केही लेनदेन छैन । केही व्यक्तिहरू उदास भए त्यसकारण यो कुरालाई फेरि ओशोसामु लगियो । त्यसपछि उनले अर्को प्रतिक्रिया दिए, ‘यदि तपाईंलाई माला लगाउनु छ भने घरमा र ध्यान गर्ने समयमा मात्र लगाउनुस् ।’ यसबारेमा थप जानकारीको लागि
http://neosannyas.org/osho-on-sannyas/hindi.aspx
माथिको लिंकमा गइसकेपछि तपाईहरू अरूणले प्रचार गरेका कुनै पनि कुरा ओशोससँग सम्बन्धित छैनन् भनेर प्रष्ट हुन सक्नुहुुनेछ । त्यसकारण हामी अरूणको विरूद्धमा होइन बरू अरूण चाहीं ओशोका विरूद्ध छन् ।
तपाईहरूले यो पनि थाहा पाउनुहुुन्छ कि, अरूणले ओशोको नक्कल गरिरहेका छन् । ओशोले यस विषयमा एक प्रयोग गर्नुभएको थियो । मानिसहरुको तेस्रो आँखा ‘शक्तिपट’ छोइरहँदा ओशोले देख्नु भयो कि शिष्यहरुको हैसियत उसका गुरुको भन्दा तल्लो थियो– जुन मलाई मन परेन ।’ अर्को कुरा पनि भनौं कि कोही पनि कसेको दास वा अध्यात्मिक दास हुन हुँदैन । शक्तिपटको नाममा अध्यात्मिक शोषण हुने सम्भावना सबैभन्दा बेसी छ ।
ओशोको फोटो या मूर्ति पूजा गर्ने सम्बन्धमा ओशो भन्छन्,
‘मायाको बास्ना भन्दा ठूलो भगवान संसारमा कुनै पनि भगवान नै हुँदैन । तर यो बास्ना चरम ध्यानमा पाइन्छ प्रार्थनामा होइन । प्रार्थनामा डरको दुर्गन्ध हुन्छ ।’
‘याद गर्नुस्ः तपाईंले हात गोडामा किला ठोकेर मार्नु र पूजा गर्नु एउटै हो । दुवैले केहीबाट कसरी मूक्ति पाउने भन्नेबारे जनाउँछ । एउटा क्रसमा झुण्डाएर मार्ने काम हो भने अर्को चाहींँ पूजा गर्नु । पूजा गर्नु बढी सभ्य मानिन्छ ।’
कोही पनि व्यक्ति या मूर्ति पूजा गर्ने सन्दर्भमा ओशोको वर्णन यस्तो छ:
कसैको पैतालाको छाप कुनै पनि समयमा पर्छ भने त्यसलाई पवित्र छाप मान्नु मूर्खता हो । यसको कुनै अर्थ हुँदैन । तपाईंहरू त्यसको पूजा गर्न सक्नुहुन्छ, त्यसको फोटो खिच्न सक्नुहुन्छ, तपाई सबै मूर्ख काम गर्न सक्नुहुन्छ जुन सबै चर्च, मन्दिर, मस्दिजमा भइरहेका छन् । यसबारेमा ज्ञान भएको व्यक्तिले यसको विरोधमा केही भन्नुपर्छ ।
हामीलाई आशा छ कि, हामीले ओशोका धारणा र विचारबारे र अरूणले गरिरहेका क्रियाकलापबारे खुलस्त पार्यौं । तल ओशोले आफ्ना सन्देशबारे विस्तृृत रूपमा बताएका छन् । अरूणको जंगली मानसिकता र वरिपरिका मानिहरूसँगको सम्बन्ध बिग्रिने क्रम टार्न सकिदैंन ।
‘ओशोले एक ब्वासोको दिमाग र गुरूको दिमाग लगभग एउटै हुने बताएका छन् । उनको अनुसार यस्तो प्रकारणको दिमागले मृत्युपछि सतह बनाउँछ र जब मानिसहरूले आफूलाई शून्य ठाउँमा पाउँछन्, यस्तो दिमाग हुनेले आफ्ना मानिसहरूलाई एक ब्वाँसोले भेडालाई हेरेको जसरी हेर्छ, यसले आफूलाई रोक्न सक्दैन ।’
हरेक मानिसमा आफ्नै प्रकारको विशेषता हुन्छ । मानिस जहिले पनि कथित गुरुहरुको जालमा फस्ने सम्भावनाबाट टाढा हुँदैन । गुरुहरुको जालमा फस्ने र ब्वाँसोको सिकार भएकाहरुको नियति एक जस्तै हुन्छ । सिकारको शैली एकै भएका यि दुई विषयहरु हुन् । मान्छेको अचेतन मन कहिले पनि एक्लो हुँन चाहँदैन न त जिम्मेवार नै हुन चाहन्छ । यस्तो अवस्थामा अन्जानमै, जसरी कुनै जीव ब्वाँसोको सिकार हुन्छ, गुरु जालमा पनि मान्छे त्यसैगरी फस्छ ।
ओशो भन्छन्, ‘मानिसहरू अलिकति बुद्धिमान भए भने यो समस्या होइन ।’
अरूणको अहिलेको स्थितिबारे भन्नुपर्दा, ओशोले नेपाल छोडड्नुुअघि भनेका थिए, ‘आफू गुरू बन्नको लागि अरूण मैले नेपाल चाँडो भन्दा चाँडो छोडेको हेर्न चाहन्छन् । यदि म नेपालमै बसें भने, अरूण सकियो ।’
ओशोले दिएका यी वचनले अहिलेको सबै कुरालाई समेट्न सक्छ:
‘म अहिले भएका जति पनि खेललाई तपाईंहरूले झारेको हेर्न चाहन्छु । संसारिक खेल, मानवताले अहिलेसम्म खेलेको खेल । यस्ता खेलले तपाईंलाई शिथिल बनाउँछ । यस्ता खेलले तपाईको बढ्दो सचेतनालाई बिगार्छ । तपाईंहरूको विकासलाई बिगार्ने यस्ता बकवासलाई म काटेर फाल्न चाहन्छु ।’
‘म तपाईहरूलाई एकदमै एक्लो छोड्न चाहन्छु । जसले गर्दा तपाईलाई कसैको सहारा लिन नपरोस् । जसकारण तपाईंहरू आफैंमा सक्षम हुनुुहुनेछ र गौतम बुद्धले आएर बचाउनेछन् या अरु कसैले बचाउनेछन् भन्ने सोचबाट मुक्त हुनुुहुनेछ । त्यो एक्लोपनमा तपाईले आफूभित्रको अर्को आफू पाउनु हुनेछ ।’
‘कहींँ पनि जानुपर्दैन, शिक्षक, मास्टर, सल्लाहकार कोही हुँदैनन् । योे हेर्दा एकदमै जटिल र एकदमै रूखो सुनिन्छ । तर, म यही भन्दै छु किनभने म तपाईंहरूलाई प्रेम गर्छु । जो व्यक्तिहरूले यस्तो गरेको छैनन्, उनीहरूले तपाईंलाई प्रेम गरेका होइनन् । उनीहरूले आफूलाईमात्र प्रेम गरेका हुन् र उनीहरू आफ्नो अघिपछि ठूलो भिड रहेको हेर्न मनपराउँछन् । जति ठूलो भिड,उनीहरूको अहंकार उति नै बढ्दो हुन्छ ।’
‘त्यसकारण इनलाइटनमेन्टलाई मैले अन्तिम खेल भनेको हुँ । जति चाँडो यसलाई झार्न सक्यो उति नै राम्रो हुन्छ । यसको लागि किन अनावश्यक रूपमा यता र उता कुद्ने ? तपाई त्यहीँ हो जुन तपाईको अस्तित्व चाहन्छ । तनाव कम गर्नुस् ।’
अन्तरवार्ताकाे अंग्रेजी भर्सन निम्नानुसार छ
र याे पनि
► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना
► ओशो तपोवनले कसरी सरकारी जमिनमा हालीमुहाली गरेको रहेछ ? पढौं
► भारतका चर्चित ओशो सन्यासी अशोक भारतीले भने, ‘आनन्द अरुणले मविरुद्धको आक्रोश देवसुन्दरमाथि पोखे’
► स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)
► महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा
► ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !
► प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो
► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’
► भ्रम सिर्जना गरियोः ओशो तपोवन
► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’
► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ
► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)
► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)
► ओशोका केही स्वामीहरु महिलाहरुलाई ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)