मुख्य समाचार राजनीति

प्रधानमन्त्री ओलीको नियतमा शंका गर्दिन : नेता थापा 

प्रधानमन्त्री ओलीको  नियतमा शंका गर्दिन : नेता थापा 

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नियतमा शंका नगर्ने बताए ।
बिहीबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता थापाले भने, प्रधानमन्त्री काम गर्न खोज्दै हुनुहुन्छ उहाँ फोकस हुन सक्नु भएको छैन । 

 

 

उनले भने, ‘ प्रधानमन्त्री ओलीले हिजो मात्र मन्त्रालयको कामको समिक्षा हेर्नुभयो, बैठक मार्फत् मन्त्री र सचिवहरुलाई परिणमा देउ भनिराख्नु भएको छ ,तर परिणमा कसरी ल्याउने भन्ने थाहा नै पाइराख्नु भएको छैन । त्यसैले प्रधानमन्त्रीको नियतमा शंका गर्नुपर्ने ठाँउ छैन । 

थापाले अघि भने ,  ‘प्रधानमन्त्री मुलुकको विकास छिटो होस् भन्ने चाहनुहुन्छ , बाटो बनोस्, विद्युत उत्पादन बढोस् भन्ने इच्छा रहेको छ । उहाँको चाहना ठीक हो , तर उहाँको चाहना पुरा हुने बाटो भने पहिल्याउन सक्नु भएको छैन ।’   

 

प्रधानमन्त्रीले सरकारको कामगराईमा नयाँपन समेत खोज्नु भएको थापाको भनाई छ । 
उनले पार्टी सभापतिको साथ दलका दोस्रो तेस्रो तहका नेताहरुको आलोचना गरे ।  ‘प्रतिपक्षदलको रुपमा नेपाली कांग्रेसले सशक्त भूमिका खेल्न सकेन, संसदमा उभिएर सरकारलाई प्रश्न गर्नुपर्नेमा यस्तो नगरिएको,’  उनको भनाई छ । 
 

विशेष