राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, केन्द्रीय सदस्यलाई काठमाडौं नछाड्न निर्देशन

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, केन्द्रीय सदस्यलाई काठमाडौं नछाड्न निर्देशन

काठमाडौं । आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ। मंसिर २८ देखि महासमिति बैठक तोकेको कांग्रेसले उक्त बैठकको तयारीस्वरुप बैठक बोलाएको हो । 

 

 

बैठकमा कांग्रेसको विधान परिमार्जनका लागि गठन भएको विधान मस्यौदा समितिले तयार पारेको मस्यौदा पेस हुनेछ। आइतबार बस्ने केन्द्रीय समिति बैठकपछि मस्यौदामाथि पार्टीले औपचारिक छलफल सुरु गर्ने कांग्रेसले जनाएको छ ।  विधान मस्यौदा समितिले मस्यौदामा सहमति जुटाउन नसकेका कारण विकल्पसहितको प्रस्ताव केन्द्रीय समितिमा पेस हुनेछ।

मस्यौदा विधानमा छलफल हुने भएकाले केन्द्रीय सदस्यलाई काठमाडौं बाहिर नजान निर्देशनसमेत दिएको छ। 


 

विशेष