मुख्य समाचार राजनीति

डा. भट्टराई भन्छन्, ‘बिपीको चेतना एउटा युगको चेतना हो’

डा. भट्टराई भन्छन्, ‘बिपीको चेतना एउटा युगको चेतना हो’

काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपीको प्रेरणा जोडिएको बताएका छन् ।

 

पत्रकार जगत नेपालद्वारा लिखित बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बिपीको विद्रोह’ को शुक्रबार लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

“बिपीलाई सानो घेरामा राख्नु हुँदैन, डा. भट्टराईले भने, “बिपीको चेतना एउटा युगको चेतना हो, नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउने तथा समाज र परिस्थिति हेरेर नीति लिनसक्ने व्यक्ति बिपी हुनुहुन्थ्यो ।”

 

 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक डा. भट्टराईले बिपीले अधुरो छाडेको काम सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर गिरिजाप्रसाद कोइरालाले पूरा गरेको बताए ।

 

 

पुस्तकबारे टिप्पणी गर्दै त्रिभुवन विश्व विद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले बिपी सामाजिक, राजनीतिक दर्शक, साहित्य, कला, शिक्षा क्षेत्रका बहुआयामिक व्यक्तित्व रहेको धारणा व्यक्त गरे ।

 

 

पुस्तकका लेखक जगत् नेपालले विभिन्न व्यक्तिले दिएको महत्वपूर्ण सूचनालाई समेत पुस्तकमा समावेश गरेको बताउँदै बिपीको विद्रोही भागमा पुस्तक केन्द्रित भएको धारणा व्यक्त गरे ।

 

 

‘बाह्रखरी डटकम’का सम्पादक प्रतीक प्रधानले प्रकाशनमा पनि उपस्थिति जनाउने चाहनास्वरुप पुस्तकको प्रकाशन थालेको बताउँदै विशेष गरी पत्रकारितासंग सम्बन्धीत खोजीका र बौद्धिक ज्ञानका पुस्तक प्रकाशन गर्दै जाने जानकारी दिए ।

डा. बाबुराम भट्टराई

विशेष