मुख्य समाचार राजनीति

हिन्दुधर्मबारे जनमतसंग्रह आवश्यक छ : डा.शशांक कोइराला 

हिन्दुधर्मबारे जनमतसंग्रह आवश्यक छ : डा.शशांक कोइराला 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले हिन्दू धर्मको पक्षमा वकालत गरेका छन् ।  

 

शुक्रबार काठमाडौंमा  आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले भने ,  ‘ आउँदो दिनमा राजनीतिक स्थिरता भएपछि धर्मनिरपेक्षता राख्ने कि हिन्दु धर्म भनेर जनमत संग्रह हुनुपर्छ ।’

 

उनले हिन्दू धर्मले सबैलाई स्वतन्त्र बनाउने उल्लेख गर्दै त्यस सम्बन्धमा नागरिकको राय लिन पनि जनमत संग्रहमा जानुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

कोइरालाले  आफू हिन्दू धर्मको पक्षमा रहेको उल्लेख गर्दै जनमत संग्रह गर्न सरकारसँग माग गरे ।


 

विशेष