राजनीति

पूँजीवादमा फसेका प्रचण्ड  र उनको प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्छ : गोपाल किराँती

पूँजीवादमा फसेका प्रचण्ड  र उनको प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्छ : गोपाल किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कडा अभिव्यक्ति दिएका छन्।  

 

 

काठमाडौंको भृकुटीमण्डपमा जारी नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पार्टी पुनर्गठन दिवशमा आयोजित जनसभामा नेता किराँतीले राजनीतिमा प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने बताएका छन् ।

 

 

उनले जनयुद्ध सकिएपछि प्रचण्ड अर्बपति बनेर पूँजीवाद र सामन्तवादको चंगुलमा फसेको भन्दै प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण नै गर्न आफ्ना कार्यकर्ता तथा जनतामाझ प्रस्ताव गरेका हुन् ।

 

 

उनले भने, ‘कांग्रेसका कारण राणा शासन ढल्यो, माओवादीका कारण राजतन्त्र, एमाले त केबल पुच्छर मात्रै हो । उसको कुनै विरासत थिएन र छैन ।’ 

‘हामी जनयुद्ध गरेकाहरुले महान जनयुद्ध भन्दै आयौं। अहिले त्यो अतीत भयो। अझ हामीले जनयुद्धको कार्यभार पूरा गर्नुछ’ ,  किराँतीले भने, ‘केपी ओली सरकारले कम्युनिस्टको नाम भजाएर खाँदैछ। हिजो ज्योति बसुले कम्युनिस्टको नाममा सच्चा क्रान्तिकारी मजुम्दारलाई दमन गरेर बंगालमा २५ वर्ष शासन गरे, अहिले बंगालमा उनको पार्टी छैन।’ 


 

विशेष