राजनीति

प्रचण्डको दाबी– ‘मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको छ’ 

प्रचण्डको दाबी– ‘मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको छ’ 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको दाबी गरेका छन् ।

 

अध्यक्ष दाहालले शिख धर्मका अनुयायीहरुको संकल्प र प्रतिवद्धताले नेपालको समृद्धिको यात्रालाई अघि बढाउन ठूलो योगदान दिने विश्वास लिएका छन् ।

 

शिख धर्मका संस्थापक गुरु नानकको पाँच सय ४९ औं जन्मजयन्तीको अवसर पारेर शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको सडक संजाल विस्तारमा शिख समुदायले खेलेको भूमिकाको पनि खुलेर प्रशंशा गरे ।

 

उनले भारतलाई स्वतन्त्र बनाउन शिख समुदायले उल्लेख्य योगदान दिने बताए । शिख समुदायले बिहीबार आफ्ना गुरु नानकको जन्मजयन्तीको अवसर पारेर शुभकामना आदानप्रदान गरिरहेका छन् ।

 

त्यस अवसरमा अध्यक्ष दाहालले पनि शिख समुदायको सुःख, शान्ति र समृद्धिको कामना गरेका छन् । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीको पनि सहभागिता रहेको थियो । नयाँ पत्रिकाबाट

पुष्पकमल दाहाल नेपाल कम्युनिस्ट पार्टी

विशेष