मुख्य समाचार राजनीति

भृकुटीमण्डपमा विप्लपको जनसभा, प्रकाण्डले सम्बोधन गर्ने

भृकुटीमण्डपमा विप्लपको जनसभा, प्रकाण्डले सम्बोधन गर्ने

काठमाडौं । पार्टी पुर्नगठन दिवसको अवसर पारेर नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  ले काठमाडौंको भृकुटीमण्डपमा जनसभा आयोजना गरेको छ ।। 

 

 

 

शनिबार हुन लागेको जनसभालाई पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सम्बोधन गर्नेछन् । यस्तै जनसभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द  ‘विप्लव’भने  सहभागी नहुने उक्त पार्टीका एक सदस्यले जानकारी दिएका छन् । जनसभालाई विप्लवले सम्बोधन गर्ने भनिए पनि अन्तिमा समयमा आएर जनसभामा विप्लवले सहभागी नहुने भएका छन् ।

 

 

नेकपा स्रोतका अनुसार जनसभामा विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति हुने बताइएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतलाई नेकपाले निम्तो दिएको बताएको छ ।

 

 

प्रकण्डले सम्बोधन गर्ने जनसभामा नेता तथा सर्वसाधारणलाई सहभागी हुनको लागि आह्वान गरिएको छ । पार्टीका केन्द्रिय सदस्य चिरन पुनले यसअघि नै जनसभामार्फत् पार्टी र सरकारसँग भएको वार्ता , पार्टीको भावी नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बताएका थिए  । 

विशेष