राजनीति

नेता केसीको आरोप - सभापति देउवा संस्थामुखी नभई व्यक्तिमुखी भए 

नेता केसीको आरोप - सभापति देउवा संस्थामुखी नभई व्यक्तिमुखी भए 

बुटवल।नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी सञ्चालनको विषयलाई लिएर सभापति शेरबहादुर देउवासँग रुष्ट बनेका छन् । 

 

 

नेपाल  प्रेस युनियन रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै  नेता केसीले सभापति देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गरेको आरोप लगाएका छन् । पार्टी नेतृत्व संस्थामुखी  नभएर व्यक्तिमुखी भएको भन्दै , त्यो मान्य नहुने उनले बताए ।


‘पार्टी व्यक्तिको नभई विधिको हुनुपर्छ र सामूहिक नेतृत्वका आधारमा चल्नुपर्छ । पार्टी सभापति देउवाले सो कुरा विर्सिएर हुकुमी शैलीमा पार्टी सञ्चालन गर्नुभएको छ , त्यो मान्य हुनेछैन,’ केसीले भने । 

 

 

 

सामूहिक नेतृत्वमा चल्नुपर्ने पार्टी व्यक्तिमुखी हुँदा सबैतिर समस्या देखापरेको भन्दै उनले सभापति देउवालाई कार्यशैली सच्याउन आग्रह गरे । ‘गिरिजाप्रसाद कोइरालको पालादेखि नै मैले सामूहिक नेतृत्वमा पार्टीलाई लैजानुपर्ने माग राख्दै आएको थिएँ ।तर अहिले पनि उस्तै छ, ’उनले भने । 


केसीले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेपनि  पार्टीको भविष्य भने थप उज्ज्वल रहेको बताए । उनले संस्थागत संरचनाको नयाँ युगमा पार्टी प्रवेश गरेकाले एकपटकको हारले कांग्रेसको योगदान, आदर्श र इतिहास नसकिने बताए । 

 

 

उनले केपी शर्मा ओली सरकारको दुई तिहाईको बुहमतको सरकारले ९ महिनामा परिमाणका हिसावले कुनै काम गर्न नसेको आरोप लगाए । उनले भने, ‘ चुनावका बेला बाँडेको आश्वासन पूरा गर्नेतर्फ नलागी ओली सरकार जनहित विपरीत हिँडेको तथा निरंकुशतातर्फ मोडिएको छ । ’
 


 

विशेष