कला साहित्य

‘नीति सङ्ग्रह’ बजारमा

‘नीति सङ्ग्रह’ बजारमा

काठमाडौं ।  विद्वान् आचार्य तुल्सीराम पोखरेलको ‘नीति सङ्ग्रह’ बजारमा आएको छ । नेपाली भाषामा लेखिएको विभिन्न १० खण्डमा विभाजित उक्त नीति सङ्ग्रहमा हिन्दू धर्मका धार्मिक, सामाजिक, मानवीय मूल्य मान्यताका श्लोकहरु रहेको छ । 

 

 

सो पुस्तकको प्रकाशनबाट समाजमा रहेका विकृति तथा विसङ्गतिको न्यूनीकरण गर्दै मानिसलाई नैतिकवान बनाउन उत्प्रेरणा मिल्ने आचार्य पोखरेलले बताएका छन् । मानिसले ज्ञान र अज्ञान छुट्याउनु नसक्नु नै नेपाली समाजको ठूलो समस्या रहेको धारणा आचार्य पोखरेलको थियो । यो उनको दशौँ नीति सङ्ग्रह हो । 

 

 

काठमाडौँको सामाखुशी साहित्य समाजले शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार डा तुल्सी भट्टराईले उक्त पुस्तकको विमोचन गरे । त्यस अवसरमा उनले श्रीमद्भागवतका ज्ञाता आचार्य पोखरेलको पुस्तक प्रकाशनबाट नेपाली समाजलाई सुमार्गमा लैजान सहयोग मिल्ने धारणा व्यक्त गरे । 

 

 

सामाखुशी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा बाबुराम भण्डारी, श्रीहरि फुँयाल, बमबहादुर थापालगायतका बक्ताले हिन्दू धर्मको विविध पक्षमा प्रकाश पारेका थिए ।  

विशेष