मुख्य समाचार राजनीति

दुई महिनाभित्र नेविसंघको महाधिवेशन संभावना छैन : महामन्त्री कोइराला

दुई महिनाभित्र नेविसंघको महाधिवेशन संभावना छैन : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले दुई महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने संभावना नरहेको बताएका छन् ।

 

 

पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन आईतबार पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री कोइरालाले  थप गरिएको समयभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्ने दाबी गरेका हुन् । 

 

 

विधान विपरित पार्टी नेतृत्वले नेपाल विद्यार्थी संघको वर्तमान पदाधिकारीको समय थप्ने काम गरेको भन्दै विद्यार्थी नेताहरुले नेविसंघलाई विधान अनुसार चलाउन माग गरेपछि महामन्त्री कोइरालाले विद्यार्थीको मागमा ऐक्यबद्धता जनाएका छन् । 

 

 

नेपाल विद्यार्थी संघको थप गरिएको कार्यकाल पनि सकिएपछि अघिल्लो केन्द्रीय समिति बैठकले वर्तमान पदाधिकारीको समय दुई महिना थप गरेको थियो । यसअघि विधान अनुसार नेविसंघको दुई वर्षमा महाधिवेशन गराउन नसकेपछि वर्तमान पदाधिकारीको समय ३ महिना थप गरिएको थियो ।

विशेष