मुख्य समाचार राजनीति

कांग्रेसको विधान संशोधन मस्यौदा केन्द्रीय कार्यसमिति बैठकमा पेश, केन्द्रीय सदस्य संख्या १ सय ४१ रहने 

कांग्रेसको विधान संशोधन मस्यौदा केन्द्रीय कार्यसमिति बैठकमा पेश, केन्द्रीय सदस्य संख्या १ सय ४१ रहने 

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विधान मस्यौदा समितिले तयार गरेको मस्यौदा  पेश भएको छ ।

 

 

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले आफ्नो प्रतिवेदन पेश गरेको हो ।

 

मस्यौदा प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरी पार्टीको महासमिति बैठकमा पेश गरिनेछ । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ । महासमिति बैठकले मस्यौदा प्रतिवेदन पारित गरेसँगै पार्टीको संशोधित विधान लागू हुनेछ । प्रस्तुत मस्यौदामा पदाधिकारीको सङ्ख्या र निर्वाचन प्रक्रिया हालको विधानअनुसार नै रहने व्यवस्था गरिएको छ ।

 

 

प्रस्तावित विधान मस्यौदामा केन्द्रीय सदस्यको संख्या ८५ बाट बढाएर १ सय ४१ पुर्याउने उल्लेख गरिएको छ । 
 समानुपातिक समावेशी सिद्धान्तका आधारमा सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्दा केन्द्रीय समितिको संख्या बढाउन पुगेको कांग्रेसले जनाएको छ । 

 

८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको कांग्रेसमा एक सभापति एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ ।

 


 

विशेष